आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भौतिक पूर्वाधार प्राधिकरणको व्यवस्था गर्न नेता पौडेलको आग्रह

मङ्गलबार, ०२ जेठ २०८०, १४ : ५६
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । कांग्रेस नेता प्रदीप पौडेलले सरकारले आगामी नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार प्राधिकरणको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । मंगलबार पूर्वाधार विकास समितिको पहिलो बैठकमा बोल्दै पौडेलले उपत्यका विकासका लागि अधिकार सम्पन्न उपत्यका पूर्वाधार विकास प्राधिकरणको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए । 

काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद पौडेलले योजना निर्माण र कार्यान्वयन गर्दा संघीय मन्त्रालयहरूबीचमा अनिवार्य समन्वय हुनुपर्ने बताए । 

यस्तै  काम कारबाही र नीति निर्माणका सवालमा संघ, प्रदेश र स्थानीय तह बिचमा डुब्लीकेशन हुने वा रहने अवस्थाको अन्त्य गरिनुपर्नेमा पनि जोड दिए । 

योजना कार्यान्वयनका सवालमा समयमा काम सम्पन्न नगर्ने, लागत बढाउने, अलपत्र वा भद्रगोल अवस्थामा राख्नेलाई कडा कारवाहीका लागि कानुनी व्यवस्था गरिनुपर्नेमा पनि उनले जोड दिए । 

 मन्त्रालयहरूले दिगो कार्यविधि बनाएर परिणाममुखि काम गर्नुपर्ने, काठमाडौँमा ढल व्यवस्थापनका लागि विशेष  योजना बनाइनुपर्ने,  सडक बीचमा रहेका बिजुलीका पोलहरू तत्काल हटाउनुका साथै नाङ्गा तारलाई प्रतिस्थापन गर्दै सबैतिरका बिजुली तारलाई भूमिगत गर्ने व्यवस्था छिटो कार्यान्वयन गर्नुपर्ने लगायतका विषयमा पनि उनले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप