जंगलमा आगो लगाउने कार्यमा संलग्न ४ जना पक्राउ
मङ्गलबार, ०२ जेठ २०८०, १५ : १८
बुटवल । जंगलमा आगो लगाउने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ स्थित ढाकाबाङको जंगलमा आगो लगाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देविराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई पक्राउ गरेको हो ।
जंगली जनावरले सताएपछि आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए । सो जंगलमा लागेको आगो वस्तीतिर आएपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो ।