आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राहदानी विभाग, यातायात र मालपोत कार्यालयलाई व्यवस्थित गर्नुपर्छ : सांसद पाण्डे

मङ्गलबार, ०२ जेठ २०८०, १५ : ३७
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले राहदानी विभाग, यातायात कार्यालयलगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् । 

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारको जवाफ माग गरेका हुन् । उनले यी क्षेत्रहरुमा समयमै ध्यान नपु¥याए कुनैपनि बेला दुर्घटना हुनसक्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सुशासनको विषयलाई विशेष ध्यान दिन जरुरी रहेको बताए । 

सांसद पाण्डेले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गराउने किसिमबाट दिनुपर्नेमा जोड दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप