सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ताराको ‘हे बरै’ मा लक्ष्मण र रश्मी

मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । गीतकार तारा अधिकारीको नयाँ गीत ‘हे बरै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । किशोर विश्वकर्माको स्वर र संगीत गीतमा छ ।

गीतको म्युजिक भिडियो पनि गीतकार अधिकारीले नै निर्देशन गरेका छन् ।  भिडियोमा लक्ष्मण विक्रम बस्नेत, रश्मी भट्ट, विनोद सुनार, अनुजा अधिकारी, निमिशा घिमिरे लगायतको अभिनय छ । 

देव पुनको छायांकन रहेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । भिडियो सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया