आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सनबीच भेटवार्ता

मङ्गलबार, ०२ जेठ २०८०, १८ : ४७
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिमोथी ग्राहम वाट्सबीच  भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा परराष्ट्रमन्त्री साउद र सहायमन्त्री वाट्सबीच शिष्टाचार भेटवार्ता भएको हो ।

उनीहरुबीचको भेटघाटमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो । 

साथै सहयोग अभिवृद्धि गर्ने र दुई राष्ट्रबीचको समझदारीलाई बढवा दिने उनीहरूबीच कुराकानी भएको परराष्ट्रमन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप