आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साउदी भिसा सेन्टरका विषयमा थप छलफल गर्न परराष्ट्रलाई श्रम मन्त्रालयको आग्रह

मङ्गलबार, ०२ जेठ २०८०, २० : ४०
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । साउदी भिसा सेन्टर खोल्ने विषयमा थप छलफल आवश्यक रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उक्त विषयमा थप छलफल आवश्यक रहेको जनाएको हो ।

साउदी अरेबियामा भिसा तथा यात्रासम्बन्धी कार्य गर्नका लागि भन्दै भीएफएस ग्लोबल सर्भिसेज् नेपाल मार्फत कार्य गर्नका लागि परराष्ट्रले सहमति जनाएको थियो ।

उक्त विषयमा श्रम मन्त्रालयलाई समेत जानकारी गराएको थियो । त्यसपछि वैदेशिक रोजगार व्यवसायी संघ लगायतले विरोध जनाउँदै श्रममन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाएको थियो ।

त्यस्तै अन्य सरोकारवाला निकायले समेत विरोध जनाउँदै आएका छन् । त्यसरी भिसा सेन्टरमार्फत कामदार पठाउँदा नेपाली श्रमिकहरूलाई थप आर्थिक दायित्व पर्न जानेछ । यस क्षेत्रमा एकाधिकार सिर्जना हुने समेत देखिएको भन्दै सरोकारवाला निकायबाट जानकारी आएको मन्त्रालयले जनाएको छ ।

‘... नेपाल बैदेशिक रोजगार व्यवसायी सङ्घ एवम् यस क्षेत्रमा कार्यरत  Recruitment Agencies बाट विरोध स्वरूप विज्ञप्ति प्रकाशन भएको सन्दर्भमा श्रमिकको हकहितलाई प्रमुख प्राथमिकतामा राखेर मात्र यस प्रकारका निर्णयहरू कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।’ परराष्ट्रलाई पठाइएको पत्रमा उल्लेख गरिएको छ ।

उक्त कार्यलाई थप व्यवस्थित गर्नको लागि छलफल एवम् सहमति आवश्यक देखिएकोले त्यसका लागि कूटनीतिक पहल गर्नुपर्ने मन्त्रालयले निर्णय गरेको थियो ।  

साउदी दूतावासको विशेष चासोमा केही व्यवसायीको मिलेमतोमा साउदी भिसा सेन्टर खोल्न लागिएको छ । त्यसका लागि कम्पनी रजिस्ट्रारको कार्यालय भीएफएस ग्लोबल सर्भिसेज् नेपाल नामक कम्पनी खोलिएको छ । साउदीकै वल्र्डवाइड होल्डिङस नामक कम्पनीले भिसा सेन्टर सञ्चालन गर्न लागेको हो । त्यसका लागि नेपालबाट दुई जना नेपाल प्रतिनिधि रहेका छन् ।

यसरी खोल्न लागिएको भिसा सेन्टरले वैदेशिक रोजगारीमा जाने कामदारको पासपोर्ट र आवेदन सङ्कलन गर्ने कार्य गर्नेछ । त्यसका लागि श्रमिकले हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

व्यवसायीहरूले श्रमिकमाथि थप आर्थिक भार पार्ने र व्यवसायमा नै सिन्डिकेट लाद्न खोजिएको भन्दै चर्को विरोध गर्दै आएका छन् ।  

00a0cf1a-9e2f-4365-999d-0ca6b42085ce

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप