आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लमजुङको जङ्गलमा बन्दै ‘सतीदेवी’

बुधबार, ०३ जेठ २०८०, १३ : ५६
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । फिल्म ‘सतीदेवी’ अहिले छायाङ्कनमा रहेको फिल्म हो । करिब तीन साताअघि छायाङ्कन सुरु भएको फिल्मको यतिबेला लमजुङमा छायाङ्कन भइरहेको छ ।

फिल्मको लमजुङ आसपासका जङ्गलमा छायाङ्कन भइरहेको निर्देशक लक्ष्मण सुवेदीले बताए । फिल्मको ८० प्रतिशत भन्दा बढी छायाँकन भइसकेको उनले जानकारी दिए । 

सञ्चारकर्मीसमेत रहेका सुवेदीको यो नारी प्रधान फिल्म ‘सतीदेवी’को केन्द्रीय भूमिकामा अभिनेत्री मल्लिका महत छिन् । फिल्ममा महतको अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता सिवाकोटी लगायतको अभिनय रहनेछ ।

दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । चलचित्रको गीत पनि सुवेदी आफैले लेखेका हुन् । फिल्ममा दीपक शर्मा र सुवास भुसालको सङ्गीत छ भने  रामजी लामिछानेले कोरियोग्राफी छ ।

काठमाडौँ, तनहुँपछि फिल्म युनिट छायाङ्कनका लागि लमजुङ पुगेको हो ।

फिल्म आफूले सोचभन्दा राम्रोसँग छायाङ्कन गर्न सफल भएको निर्देशक सुवेदीले बताए । सुवेदीले यस अगाडि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप