आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कट्रिनासँग सम्बन्ध विच्छेद गर्ने बारे विक्की कौशलको प्रतिक्रिया

बुधबार, ०३ जेठ २०८०, १५ : २६
बुधबार, ०३ जेठ २०८०

फिल्म ‘जरा हटके जरा बचके’ को ट्रेलर इभेन्टमा विक्की कौशल र सारा अली खानले मिडियासँग कुराकानी गरेका छन् । यति बेला एक रिपोर्टरले विक्कीलाई कट्रिना कैफभन्दा राम्रो युवती भेटिए, उनीसँग सम्बन्ध विच्छेद गर्नुहुन्छ भनेर सोधे ।

वास्तवमा फिल्म जरा हटके जरा बचके एउटा यस्तो जोडीकाे कहानी हो जो एक–अर्कासँग अलग हुन चाहन्छन् ।

जन्मौँ जन्मसम्म कट्रिनाको साथमा हुनेछु : विक्की कौशल

पत्रकारको प्रश्न सुनेर विक्की अचम्ममा परे । त्यसपछि उनले आफूलाई सम्हाल्दै यो प्रश्नको जवाफ दिँदै भने, ‘सर बेलुका घर पनि जानु छ । तपाईंले यस्तो टेढो प्रश्न सोध्नुभएको छ, बच्चै छु, हुर्कन दिनुहोस् न । यसको कस्तो जवाफ दिऊँ ? यस्तो खतरनाक प्रश्न सोध्नुभएको छ तपाईंले ।’

त्यसपछि विक्कीले हाँस्दै भने, ‘जे सुकै होस्। म जन्मौँ जन्मसम्म कट्रिनाको साथमा हुनेछु ।’

प्रयोगकर्ताले भने, ‘कट्रिनाजस्तो अरू कोही छैन’

योसँग सम्बन्धित भिडियो पनि सोसल मिडियामा सार्वजनिक भएका छन् । विक्की–कट्रिनाका प्रशंसकलाई उनको यो प्रतिक्रिया निकै मन परिरहेको छ । यो भिडियोमा प्रतिक्रिया दिँदै एक प्रयोगकर्ताले लेखे, ‘विक्कीका लागि कट्रिनाबाहेक अरू कोही पनि छैन । कट्रिना नै उनको प्रेम हो । र कुरा आयो कट्रिनाको बराबरीको । उनीजस्तो त कोही पनि छैन, उनीभन्दा राम्रो कोही छैन ।’

बारको साटो कट्रिनाका लागि ट्रे लिएर उभिनेछु : विक्की

कुराकानीका क्रममा विक्कीले कट्रिनाले घरमा बार पिस राख्न धेरै पटक माग गरेको पनि बताए । विक्कीले भने, ‘हामी घरको फर्निचरको कुरा गरिरहन्छौँ । म्याडम (कट्रिना) घरमा बार पिस सेट गर्न चाहन्छिन् । मैले यसको लागत कति हुनेछ भनेर हेरेँ र खर्च देखेर छक्क परेँ । बार सेट अप गर्न यति महँगो छ कि योभन्दा राम्रो त म आफैँ ट्रे लिएर उनको अगाडि उभिनेछु र ड्रिङ्क सर्भ गर्नेछु । यो पुरा पिस किन्नुभन्दा निकै सस्तो छ ।’

म कट्रिनासँग वास्तविक जीवनमा धेरै खुसी छु : विक्की

उनको फिल्ममा उनको पात्रसँग महिला पात्रको कुरा किन मिल्दैन भनेर सोधिएको प्रश्नमा विक्कीले भने, ‘भगवानले सधैँ जीवनलाई सन्तुलित बनाएर राख्छन् । मेरो वास्तविक जीवनमा मसँग कट्रिना छिन् र म असाध्यै खुसी छु । यस्तै रिल लाइफमा मेरो चरित्र सधैँ चिन्तामा हुन्छ ।’

विक्की कौशल र सारा अली खानको आउँदो चलचित्र जरा हटके जरा बचके का निर्देशक लक्ष्मण उतेकर हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप