आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रवासी नेपाली एकता मञ्च कुवेतले बुझायो ज्ञापन पत्र

बिहीबार, ०४ जेठ २०८०, २० : ५०
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ ।  नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाउने ठगीमा संलग्नलाई कडा कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले ज्ञापन पत्र बुझाएको छ। 

नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत सुजनी रानामार्फत मञ्चले  प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

मञ्चका कुवेत अध्यक्ष युवराज गैरेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई सार्थक निष्कर्षमा पुर्याउन खबरदारी र दबाबको भूमिका हुनुपर्ने जिम्मेवारीको बोध गर्दै ज्ञापन पत्र प्रस्तुत गरिएको उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप