मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित
शुक्रबार, ०५ जेठ २०८०, १४ : ४७
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो ।
आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी गरेका छन् ।