आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

शुक्रबार, ०५ जेठ २०८०, १५ : ११
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । राष्ट्रियसभाको बैठकले तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । 

नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य बस्नेतको गत वैशाख २९ गते निधन भएको थियो । लामो समयदेखि बिरामी उनको ७८ वर्षको उमेरमा आफ्नै निवास सिफलमा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै साँझ ६ बजेर १६ मिनेटमा बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप