आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवनमा,  तस्बिरहरु
नीति तथा कार्यक्रम

राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवनमा, तस्बिरहरु

शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन नयाँ बानेश्वर पुगेका छन् । 

राष्ट्रपति पौडेल संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरेका छन् । 

आज बस्ने संघीय संसदमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलअघि उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि संसद् भवन नयाँ बानेश्वर पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया