सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रपति पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवनमा पुग्दा जे देखियो (तस्बिरहरु)
फोटोफिचर

राष्ट्रपति पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवनमा पुग्दा जे देखियो (तस्बिरहरु)

शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ  । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति संसद भवन पुग्दा सभामुख देवराज घिमिरेले स्वागत गरेका थिए । 

संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताए । 
 
उनले भने, “अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको छ ।” उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताए ।  विदेशी मुद्रा सञ्चिति बढेको, बैंकको ब्याजदरमा तुलनात्मक सुधार, विदेशमा भएका लाखौँ नेपाली सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

संसद भवनमा राष्ट्रपति भण्डारी पुग्दाका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया