नेपाली सेनाको बङ्करदेखि ब्यारेक कार्यक्रमलाई यथाशीघ्र सम्पन्न गरिने
शुक्रबार, ०५ जेठ २०८०, १८ : २१
काठमाडौँ । सरकारले नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रम यथाशीघ्र सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन ।
उनले भने, ‘नेपाली सेनाको बङ्करदेखि ब्यारेक कार्यक्रमलाई यथाशीघ्र सम्पन्न गरिनेछ । नेपाल प्रहरी¸ सशस्त्र प्रहरी बल¸ नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीहरूलाई आधारभूत सुविधासहितको भौतिक संरचनाको व्यवस्था गरिनेछ। युवाहरूमा राष्ट्रसेवक भाव जागृत गर्न तथा शारीरिक एवं मानसिक विकासका लागि तालिम सञ्चालन गरिनेछ । राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय तहको समन्वयमा विद्यालय स्तरमा विस्तार गरिनेछ।’