आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममा कार्यान्वयनको प्रस्टता छैन : प्रदीप पौडेल

शुक्रबार, ०५ जेठ २०८०, १९ : ३१
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ नीति तथा कार्यक्रम सुन्दा कर्ण प्रिय छ । तर परम्परागत ढंगकै देखियो ।’

उनले नीति तथा कार्यक्रममा कार्यान्वयनको प्रस्टता नरहेको बताए । 

संसद्‌मा छलफलका क्रममा नीति तथा कार्यक्रम कार्यान्वयनको आधार स्पष्ट पार्दै कानुन संशोधन र कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप