आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुलुकको आवश्यकता सम्बोधन हुनेगरी नीति तथा कार्यक्रम ल्याइएको छ : अर्थमन्त्री

शुक्रबार, ०५ जेठ २०८०, २२ : ४५
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकता सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् । 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । 

कांग्रेस प्रवक्ता समेत रहेका उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनि सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमानदारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाई थियो । महतले भने, ‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन । मूल कुरा जे आवश्यकता छ देशका लागि, ती कुराहरू सरकारको नीति तथा कार्यक्रममा आएका छन् । मैले फेरी पनि भने–कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु प¥यो । इमानदार हुनुप¥यो । रातदिन काम गर्नु प¥यो । त्यो काममा हामी लाग्छौं । त्यसो भएपछि परिणाम आउन थाल्दछ । गर्ने कुरा यिनै हुन् । गरिएको कुरा पूरा गर्नु प¥र्यो, गर्छौं ।’

मन्त्री महतले सरकारको नीति तथा कार्यक्रम नयाँ आविष्कारको विषय नभएको र त्यसलाई त्यसरुपमा बुझन नहुने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप