आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संकटग्रस्त अर्थतन्त्र सुधारबारे ठोस नीति छैन : कमल थापा

शुक्रबार, ०५ जेठ २०८०, २० : २७
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम अनावश्यक ढंगको लामो र पट्यारलाग्दो भएको प्रतिक्रिया दिएका छन् । 

अधिकांश पुरानै नीति र कार्यक्रमको कपिपेष्ट गरी शब्द र सन्दर्भ तलमाथि पारिएको भन्दै थापाले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने बताएका हुन् । 

उनले संकटग्रस्त अर्थतन्त्र सुधारबारे कुनै ठोस नीति नभएको भन्दै सनातन धर्म संस्कृति संरक्षणमा प्रतिबद्धताको  अभाव भएको बताए । 

रोजगारी सिर्जनामा ओठे प्रतिबद्धता मात्र भएको भन्दै उनले कुनै भरपर्दो नीति कार्यक्रम नदेखिएको बताए । 

भ्रष्टाचार निवारणमा ठोस नीतिगत एवं संरचनात्मक सुधार नआएको भन्दै उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी बढाउने नीतिलाई भने राम्रो मान्न सकिने टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप