आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षा

एलआरआई : ट्रष्टमार्फत् सञ्चालनमा आएको नेपालकै पहिलो स्कूल

शनिबार, ०६ जेठ २०८०, ०६ : ५०
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । कलंकीस्थित लर्निङ रियल्म इन्टरनेशनल स्कूल (एलआरआई) ले समयसापेक्ष शिक्षामा जोड दिँदै आएको छ । ट्रष्टमार्फत् २०४४ सालमा स्थापित उक्त स्कूलमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । 

विद्यार्थीलाई किताबी ज्ञानबाहेक अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको एलआरआई स्कूलमा पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित छन् । पढाई मात्रै नभएर विद्यार्थीको समग्र विकासलाई ध्यान दिने एलआरआई स्कूल उपत्यकाको चर्चित विद्यालयमध्ये पर्छ । घर समाजमा अनुशासित र कर्तव्यनिष्ठ नागरिक उत्पादनमा सहयोग पु¥याउनु विद्यालयको प्रमुख लक्ष्य छ । 

स्कूलका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले किताबी ज्ञानभन्दा व्यवहारिक जीवनका लागि आवश्यक पर्ने कुराहरू सिकाउने गरिएको बताए ।  २ हजार ६ सय भन्दा बढी विद्यार्थी रहेको एलआरआईमा कक्षा २ देखि १२ सम्ममा चाइनिज भाषाको कक्षासमेत पढाई हुन्छ । जुन अतिरिक्त क्रियाकलापअन्तर्गत पठनपाठन हुँदै आएको जोशीले बताए ।  

एलआरआईले बाल संसद्को अभ्यास गर्दै आएको छ । ‘नेपालमा स्कूलमा पार्लियामेन्टको एक्सरसाइज गराउने, बाल संसद्को एक्सरसाइज गराउने भनेको हाम्रोस्कूल पहिलो हो । अष्ट्रेलियाको पार्लियामेन्टको हुबहु सिस्टम ल्याएका छौं । जस्तो सभामुख, उपसभामुखदेखि कर्मचारी अनि सांसद्हरू बस्ने सबै व्यवस्था मिलाएका छौं ।’ जोशीले भने । 

lri

संसारका २० भन्दा बढी स्कूलहरूसँग एलआरआईको भगिनी सम्बन्ध रहेको प्रशासकीय अधिकृत जोशीले जानकारी दिए, ‘यताका विद्यार्थी उता जाने, उताको विद्यार्थी यता आउने गरेका छन् । र, कल्चर एक्सचेन्ज गर्ने गरेका छन् ।’ 

यसका अतिरिक्त, खेलकुद मैदान, म्युजिक क्लास, डिजिटल कक्षाहरू लगायतका अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गर्दै आएको उनले जनाए । यस्तै, स्कूलले ‘कुमुन’ शिक्षा प्रणालीसमेत लागू गरेको छ । विश्वका ६० भन्दा बढी देशमा म्याथमेटिक्सका लागि प्रभावकारी बन्दै गएको उक्त, कुमुन शिक्षा प्रणाली नेपालमा पहिलो पटक एलआरआईले लागू गरेको हो । 

‘कुमुन शिक्षा जापानको गणित पढाउने मेथड हो । जो विद्यार्थी म्याथमेटिक्स भन्दा डराउँछन् । उनीहरूलाई सजिलो र सहज तरिकारले पढाउने मेथड हो यो । ट्याबबाट बच्चाहरूलाई म्याथमेटिक्स पढाउँछौं,’ जोशीले भने, ‘यो वर्ष कक्षा ३ र ४ मा सुरू गरेका छौं । यसले विद्यार्थीको म्याथ सिकाइलाई सजिलो बनाइदिन्छ । ९ र १० मा पुग्दासम्म विद्यार्थीले राम्रो तरिकारले म्याथ जानिसकेको हुन्छ ।’ 
७७ वटै जिल्लाका विद्यार्थीहरू अध्ययन गर्दै आएको उक्त विद्यालयमा १६.५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । 

exhibition

स्कूलले तत्कालै केही ल्याबहरू स्थापना गर्न खोज्दैछ । ‘हामी एउटा धारा बिग्रियो भने प्लम्बर बोलाउनुपर्ने अवस्था छ । एकछिन थोरै काम गरेकै भरमा उसले ५ सय रूपैयाँ लिन्छ । तर, हामी भने पढिरहेका छौं भने गर्व गर्छौ । एउटा सामान्य खालको कामसमेत गर्न नसकिने खालको शिक्षा पढेर के काम ?’ उनले प्रश्न गरे ।  

त्यसका लागि स्कूलले पलम्बिङ ल्याब, इलेक्ट्रिक ल्याब, सिलाई बुनाई ल्याब सञ्चालनमा ल्याउन खोजिरहेको उनको जिकिर छ । यसका साथै आवश्यकता र मागको आधारमा समयसापेक्ष सिकाई क्रियाकलाप अघि बढाउँदै लैजाने उनको भनाई छ ।   

एलआरआई पहिले निजी विद्यालयमार्फत् सञ्चालन हुँदै आएको थियो । २०५५ सालमा सरकारले निजी स्कुलअन्तर्गत रहने कि ट्रष्टमार्फत् जाने भनेर विकल्प दिएको थियो । त्यसपछि सार्वजनिक गुठीअन्तर्गत सञ्चालनमा आएको हो । यसरी ट्रष्टमार्फत् सञ्चालनमा आएको यो पहिलो स्कूल हो । 

गत वर्ष उत्कृष्ट व्यवस्थापन गरेको भन्दै काठमाडौं महानरपालिकाले एलआरआईलाई एक लाख रूपैयाँ पुरस्कारसहित सम्मानसमेत गरेको छ । त्यस्तै, उक्त विद्यालयले निजीतर्फ २०६६ सालको राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको थियो । 

स्कूलमा डिजिटल क्लास रूम, पुस्तकालय, डिजिटल ल्याब, साइन्स ल्याब, फिजिक्स ल्याब, आर्ट-क्राफ्ट ग्यालरी, म्युजिक कन्जवेटरी, मटेरियल आर्ट, ट्रान्सपोर्टेसन, स्कूल पार्लियामेन्ट, स्कुल अडोटिरियम, चाइल्ड सेफ्टी, फस्ट–एड क्लिनिक लगायतका सेवा सुविधा छन् । 

सिद्धार्थ वनस्थलीमा लामो समयसम्म शिक्षणरत डोटीका शिवराज पन्तले २०४४ फागुन १२ गते एलआरआई स्कूलको स्थापना गरेका हुन् । 

LRI school 3

एलआरआई पहिले निजी विद्यालयमार्फत् सञ्चालन हुँदै आएको थियो । २०५५ सालमा सरकारले निजी स्कुलअन्तर्गत रहने कि ट्रष्टमार्फत् जाने भनेर विकल्प दिएको थियो । त्यसपछि सार्वजनिक गुठीअन्तर्गत सञ्चालनमा आएको हो । यसरी ट्रष्टमार्फत् सञ्चालनमा आएको यो पहिलो स्कूल हो । 

स्कूलको मूल दर्शन र मिशन भनेको आविष्कारशील विश्व नागरिकको नेतृत्व गर्न सक्षम बच्चाहरूको विकास गर्नु रहेको छ । सकारात्मकता ‘बुद्धिमत्ता गुणांक’ र ‘भावनात्मक अंश’ मा अभिभावकीय भूमिका निर्वाह गर्दै लगातार सक्षम पुस्ता निर्माण गर्ने स्कूलको उद्देश्य रहँदै आएको छ । 

lri2
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप