आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गजल

तिमी कहिले घृणा स्वीकार गर्छौँ

शनिबार, ०६ जेठ २०८०, १० : १६
शनिबार, ०६ जेठ २०८०

जिस्किएरै तिमी गल्ती लाख हजार गर्छौ
भर नै छैन, तिमी कहिले घृणा स्वीकार गर्छौ 

उड्यो मन उड्यो, त्यसै देखे तिम्रो सुन्दरता 
फूललाई पनि सोधे, अहो कति सिँगार गर्छौ

चञ्चलता र नखराले मलाई बिमार गर्छौ
फेरि त्यही नटखटपनले उपचार गर्छौ

भेट्न मिल्न पल पल तिमी किन हतार गर्छौ
गल्ती गर्छौ बार बार अनि हाँस्दै सपार गर्छौ

तिम्रै मुहार हेरी हेरी शशी साभार गर्छिन् 
हात समात्दा सँगै हिँड्न दिलमा सवार गर्छौ
        
 दिरुम नपा–१५, विजयखर्क, खोटाङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय राज
विजय राज
लेखकबाट थप