आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री निवास भवन निर्माण यथाशक्य पूरा गर्न निर्देशन

शनिबार, ०६ जेठ २०८०, १५ : ४०
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथाशक्य पूरा गर्न निर्देशन दिएकी छन् ।शनिबार आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरुङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथाशक्य पूरा गर्न निर्देशन दिएकी हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास निर्माण गर्न सरकारले ०७६ कात्तिकमा ठेक्का लगाएको थियो । तर कोभिड–१९ र अन्य कारणले समयमा काम हुन सकेन । त्यसयता भवन निर्माणका लागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदैछ ।

‘बेलामा काम सक्यो भने तपाईंहरूलाई पनि ढुक्क हुन्छ । सरकारको पनि एउटा योजना पूरा हुन्छ । बरु कामदारको सङ्ख्या बढाउनुस्, दिनरात गरेर भए पनि काम गर्नुस्,  तर सम्झौताबमोजिम यथाशक्य काम सम्पन्न गर्नुहोस्,’मन्त्री गुरुङले निर्देशन गरिन् । विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणमा हालसम्म ९० प्रतिशत काम पूरा भएको छ । कार्यालयका उपनिर्देशक दीपक श्रेष्ठले आगामी असार मसान्तभित्र निर्माणका काम पूरा भइसक्ने जानकारी दिए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप