आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

शनिबार, ०६ जेठ २०८०, १५ : ४७
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आगामी तीन दिनसम्म देशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार तीन दिनसम्म देशका पहाडी क्षेत्रमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि उक्त प्रदेशमा भारी वर्षा भएको मौसमविद् श्रेष्ठले बताए । “गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना छ, तर यो थोरै समय अर्थात् एकदेखि दुई घण्टा मात्रै वर्षा हुनेछ”, उनले भने ।
बाँकी प्रदेशका पहाडी भूभाग विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मोसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । कोशी प्रदेश र मधेस प्रदेशको तराईको केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ । पश्चिमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भूभाग सुक्खा रहेका छन् ती भूभागमा वर्षाको सम्भावन नरहेको मौसमविद् श्रेष्ठले बताए ।

रातिको समयमा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली तथा काँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप