आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीको प्रश्न- गोरखा फुजेलका अधिकारीको बारेमा सरकार किन बोल्दैन ?

शनिबार, ०६ जेठ २०८०, १५ : ५३
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको बारेमा सरकारले बोल्नुपर्ने बताएका छन् । शनिवार नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा बोल्दै ओलीले न्यायका कुरा गर्ने सरकारले यो विषयमा किन नबोलेको भन्दै प्रश्न गरे । 

उनले भने– ‘हामीले सोध्नुपर्छ गोरखा फुजेलका अधिकारीको बारेमा । ती अधिकारीको  शव अझै पनि अस्पतालमा बसेको छ । अनि न्यायका कुरा गर्ने, सामाजिक न्यायको कुरा गर्ने ? अहिले पनि उनकी श्रीमतीको हालत नाजुक छ, उनको श्रीमानको लास अस्पतालमा छ, त्यतातिर सरकारको ध्यान किन जाँदैन । यस्ता थुप्रै विषयहरू छ । ’ 

प्राकृतिक स्रोत साधनका हिसाबले देश धनी भए पनि सबै कुरा अलपत्र रहेको र नीति तथा कार्यक्रममा चाहिने कुरा उल्लेख नगरेको दाबी गरे । उनले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय देशका लागि अत्यन्तै महत्त्वपूर्ण र उच्च शिक्षाको क्षेत्रमा वैज्ञानिक र प्राविधिकहरू देशभित्रै उत्पादन गर्न महत्त्वपूर्ण हुने बताउँदै त्यसको बारेमा नीति तथा कार्यक्रममा चर्चा नभएको बताए

उनले आफू कार्यक्रमहरूमा गएका बेला हुल हुज्जत हुँदा पनि सरकारले आफ्नो सुरक्षा नदिएको बताउँदै उनले यो कानुनी राज हो कि जंगलीराज हो भन्ने प्रश्न गरे ।  उनले सरकारले भ्रष्टाचारको विषयमा शून्य सहनशीलताको नीति लिएपछि जनसमर्थन ह्वात्तै बढेको भन्ने कुरा सुनेको भन्दै कटाक्ष गरे । उनले मिटर ब्याज पीडितहरू कहिलेदेखि अनसनमा छन्, सरकारी डाक्टर कहिलेदेखि अनसनमा छन् भन्दै उनले कटाक्ष गरे । 

उनले भने– ‘एक जना सरकारी डाक्टर अनसन बस्ने बित्तिकै हाहाहुहु लौ डाक्टर जीवन के के भन्ने आउँछ । अहिले युवाहरू अनसन बसेका छन्, उनको चाही जीवन हो कि हैन ? त्यतातिर ध्यान दिनुपर्छ कि पर्दैन । सरकार बेखबर बसिरहेको छ ।’

।  नीति तथा कार्यक्रममा सरकारले हाम्रो स्कुल राम्रो बनाऔँ भनेर सस्तो नारा ल्याएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप