आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री साउदद्वारा राहदानी विभागको अनुगमन

आइतबार, ०७ जेठ २०८०, १३ : १९
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आज राहदानी विभागको अनुगमन गरेका छन् । सर्वसाधरणले राहदानीका लागि लाइन लाग्ने गरेको कुरा चर्चामा आएपछि मन्त्री साउद विभागको अनुगमनमा पुगेका हुन् । 

मन्त्री भएपछि साउदले पहिलोपटक राहदानी विभागको अनुगमन गरेका उनको निजी सचिवालयले जनाएको छ । । यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले पनि विभागको अनुगमन गरेका थिए ।

मन्त्री साउदले अनुगमनका क्रममा कर्मचारीहरुसँग छलफल गर्दै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप