जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
आइतबार, ०७ जेठ २०८०, १३ : ३९
काठमाडौँ । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-३१ आलोकनगर बस्ने गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२७ घर भएका ५० वर्षीय श्रीराम थापामगर समेत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ८४ हजार ६ सय २० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।