आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेको उद्योग विभाग उपप्रमुखमा अझै दुर्गा प्रसाई

आइतबार, ०७ जेठ २०८०, १५ : ५४
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेको मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखमा कायमै राखेको पाइएको छ । तीन महिनाअघि पार्टीको साधारण सदस्य नरहने निष्कासनमा परेका प्रसाई अहिले पनि उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखको जिम्मेवारीमै छन् ।

एमाले केन्द्रीय सदस्य मोती दुगड प्रमुख रहेको उक्त विभागको वेबसाइटमा उपप्रमुख भनेर फोटोसहित प्रसाईको नाम राखिएको छ । तर एमालेले गत फागुन  १३ मै प्रसाईंलाई साधारण सदस्यसमेत नरहनेगरि पार्टीबाट निष्कासन गरेको थियो । पार्टीको कोशी प्रदेश कमिटीले कारबाहीका लागि सिफारिस गरेपछि फागुन ७ मै प्रसाईले एमाले परित्याग गरेको घोषणा गरेका थिए ।

durga

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप