आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनुमति नलिएकालाई अन्तर्वार्ताका लागि स्थान नदिन विभागको आग्रह

सोमबार, ०८ जेठ २०८०, १० : ५८
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागले अनुमति नलिएका म्यानपावर व्यवसायीले गर्ने कुनै पनि कार्यक्रमका लागि स्थान उपलब्ध नगराउन आग्रह गरेको छ । पछिल्लो समय अनुमति नलिएका म्यानपावर व्यवसायीले गैर कानुनी रूपमा अन्तर्वार्ता लगायतका कार्यक्रम गर्दै आएका छन् । त्यस्तो कार्यलाई रोक्न विभागले लाइसेन्स नभएका वा कार्यक्रम गर्न विभागबाट अनुमति नलिएकालाई कार्यक्रम गर्न नदिन होटेल, पार्टी प्यालेसहरूलाई आग्रह गरेको हो ।

विभागका निर्देशक गोपालराज तिमल्सिनाले विभागको अनुमति विना महंगा होटेल तथा पार्टी प्यालेसहरूमा अन्तर्वार्ता लगायतका कार्यक्रमहरू आयोजना गर्ने गरिएको उनको भनाई छ । होटेल तथा पार्टी प्यालेसहरूले यस्ता संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा विभागको अनुमति लिए/नलिएको एकिन गरेर मात्र कार्यक्रम सञ्चालन गर्न आफ्नो होटेल तथा पार्टी प्यालेस उपलब्ध गराउन तिमल्सिनाले अनुरोध गरे ।

पछिल्लो समयमा टिकटक, फेसबुक तथा भाइवरमार्फत नेपालीहरूलाई विदेशका विभिन्न मुलुकमा आकर्षक तलब सुविधा देखाइ प्रलोभनमा पार्ने र पैसा उठाइ अलपत्र पार्ने क्रम बढ्दै गएको भन्दै विभागले सचेत रहन सबैमा अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप