आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न प्रदीप पौडेलको माग

सोमबार, ०८ जेठ २०८०, ११ : ४६
सोमबार, ०८ जेठ २०८०

काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । 

 इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ । 

पौडेलले शून्य समयमा राखेको धारणा जस्ताको जस्तैः

हरेक व्यक्ति प्रविधिसँग जोडिन चाहन्छ । राज्यले सबै क्षेत्रलाई प्रविधिकरण गर्ने राष्ट्रिय अभियानजस्तै सुरु गरेको छ । प्रविधिकरणका लागि इन्टरनेट अनिवार्य हुन्छ । अहिले उपलब्ध सेवामा गुणस्तरीयता, गति, क्षमता, निरन्तरता केही पनि छैन । सेवा अवरुद्ध हुँदा अवधि बराबरको सेवा प्रदान गर्ने वा अबरुद्ध अवधिको शुल्क नलाग्ने शर्त समेत पालना गरिएको छैन । इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिस्पर्धा गरिरहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ । तसर्थ इन्टरनेट कम्पनीहरूले बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न उनीहरूलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण बनाउन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप