मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा छुट
सोमबार, ०८ जेठ २०८०, १३ : १९
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौँको विशालनगरस्थित “अरोगिन हेल्थ केयर प्रा.लि ”सँग आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले हेल्थ केयर विभिन्न सेवा सुविधाहरूमा विशेष ४५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरूमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरू रहेको छ ।