आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बन्द भएका उद्योग सञ्चालन गर्न लालवीर चौधरीको माग

सोमबार, ०८ जेठ २०८०, १४ : २५
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । सांसद लालवीर चौधरीले राज्यले चलाउन नसकी बन्द भएका उद्योग पुनः सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् । सोमवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै चौधरीले जनकपुर चुरोट कारखानादेखि बाँसवारी जुत्ता कारखाना, जनकपुर चिनी कारखाना, भृकुटी कारखाना सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने बताए ।

सरकारले महाकाली र कर्णाली कारिडोर निर्माणलाई प्राथमिकता राखेपनि बर्दिया क्षेत्रका नदिको करिडोर निर्माण गर्नुपर्ने चौधरीले बताए । हुलाकी राजमार्गलाई जोड्नेगरी बर्दियाको औरही, बबई, गुहवा करिडोर निर्माण गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप