आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा वानप्लस ११ जित्ने मौका

मङ्गलबार, ०९ जेठ २०८०, १० : २२
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । ‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले हरेक लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु.१,००० सम्म क्यासब्याक प्राप्त गर्नुका साथै वानप्लस ११ जित्ने मौका पनि पाउनेछन्। 

यो अफर खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत रहेको कम्पनीको भनाइ छ ।  जसअनुसार खल्तीबाट आफ्नो नेपाल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये एक भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप वानप्लस ११ स्मार्टफोन, हरेक हाप्ता स्मार्ट टिभी, स्मार्टब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरशिप जित्न सक्नेछन्। 

यसका अतिरिक्त खल्ती प्रयोगकर्ताले कुनै पनि दुई सेवाको भुक्तानी गरि ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउदै पल्सर एन१६० जित्न पनि योग्य हुनेछन्। साथै, प्रयोगकर्ताहरूले आफ्नो बीमा प्रिमियम वा रु. १०० भन्दा माथिको कुनै भुक्तानीमा करोडौँको उपहार र कुपनहरू भएको स्क्रयाच कार्ड प्राप्त गर्ने  ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप