आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनुपर्छ : सांसद पाण्डे

मङ्गलबार, ०९ जेठ २०८०, १४ : २६
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउन जरुरी रहेको उल्लेख गरे । 

पाण्डेले भने, ‘जस्तोसुकै कठिन घडीमा हामी गुज्रिए पनि केही राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनु जरुरी छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, १२ सय मेगावाट उत्पादन हुनसक्ने जलाशययुक्त बुढीगण्डकी आयोजना यस्ता आयोजनाहरूलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर ल्याउन जरुरी छ । बुढीगण्डकी आयोजनाका लागि त राज्यले १ खर्बभन्दा बढी रकमै सङ्कलन गरिसकेको छ । त्यसको लागि छुट्टै रकम खोजिरहनु नि पर्दैन । राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौँको सीतापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रूपमा पारीपारी हुँदै मुग्लिन पारी भएर गैँडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्छ । यो धेरै महत्त्वको विषय हुन्छ । यसको बारेमा यसैपालि डिपिआर निर्माण गर्ने प्रस्तावसहित बजेटमा उल्लेख हुन सकोस् । म प्रस्ताव राख्न चाहन्छु ।’

उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताए । उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरूलाई समेटेर जाँदा राम्रो हुने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप