आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
'सम्पदा बस' सेवा सुरु, सम्पदाहरूको दृश्यावलोकन गर्न पाइने
फोटोफिचर

'सम्पदा बस' सेवा सुरु, सम्पदाहरूको दृश्यावलोकन गर्न पाइने

मङ्गलबार, ०९ जेठ २०८०

ललितपुर । आजदेखि काठमाडौँ उपत्यकामा 'सम्पदा बस' सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट 'सम्पदा बस' सेवा सञ्चालनमा ल्याइएको हो । मंगलबार दिउँसो एक कार्यक्रमबीच पर्यटन मन्त्री सुदन किरातीले बस सेवाको उद्घाटन गरेका हुन् । कार्यक्रममा ललितपुर महानगरमा प्रमुख चिरिबाबु महर्जनको पनि उपस्थिति रहेको थियो ।

नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारबाट  ‘हप अन हप अफ बस’ सञ्चालन हुनेछन् ।

 ‘हप अन हप अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया