आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरीमा लुकाएर राखेको ३ थान सालको गोलिया बरामद

मङ्गलबार, ०९ जेठ २०८०, २० : ५२
मङ्गलबार, ०९ जेठ २०८०

बारा । डिभिजन वन कार्यालय बाराले पोखरीमा लुकाई राखेको ३ थान सालको गोलिया बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको वन कर्मचारी र वन रक्षकको टोलीले मंगलबार बाराको कोहल्वी नगरपालिका वडा नं ५ बोधवनको  पोखरीमा लुकाएर राखेको ३ वटा सालका गोलिया  बरामद गरेको हो ।  

माछा पोखरीमा लुकाई राखेको गोलिया बरामद गरी बोधवन पोष्टमा राखिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप