आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको मथुरापुरमा आगलागीबाट ३ घर जले

बुधबार, १० जेठ २०८०, ११ : ३२
बुधबार, १० जेठ २०८०

कपिलवस्तु । कपिलवस्तुमा आगलागीबाट ३ घर जलेर नष्ट भएका छन् । मंगलबार राति बुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा केवटसहित ३ जनाको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट तीनैवटा घरका लत्ताकपडा, काठपात र अन्नपात लगायतका सामान गरी करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप