आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रवि लामिछानेले भने– अहिले १०० रुपैयाँमा ७० रुपैयाँ तलबमै सकिन्छ

बुधबार, १० जेठ २०८०, १३ : ०८
बुधबार, १० जेठ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेटको अधिकांश रकम तलबमै सकिने गरेको बताएका छन् ।  बुधवार संसदलाई सम्बोधन गर्दै उनले ०४७ पछि बजेटको ठुलो हिस्सा तलबमा सकिने गरेको बताएका हुन् । उनले दलका नेताहरूले यो गरेँ र उ गरेँ भनेर संसदमा छेडखानी गरेको सुनेको उल्लेख गर्दै त्यसको कुनै औचित्य नभएको समेत बताए । 

‘यहाँ पूर्वप्रधानमन्त्रीहरुले दलका नेताहरूले एक अर्कालाई छेडखानी गरेको सुनियो । तपाईँहरुले ३० वर्ष के गर्नुभयो भनेर बुझ्न कान्ति बाल अस्पताल जानुहोला । गरिब विद्यार्थी बढेको विद्यालय जानुहोला ’, उनले चुनौती दिँदै भने, ‘यो ३० वर्षमा भयो के भने, आजभन्दा ३० वर्ष अगाडि हाम्रो बजेटमा १०० रुपैयाँमा ३० रुपैयाँको तलब खुवाउँदो रहेछौँ । ७० रुपैयाँ विकास गर्दो रहेछौँ । अहिले ठ्याक्कै उल्टो तपाईँहरुले दबी गर्नुभयो नि यसो गर्‍यौँ उसो गर्‍यौँ भनेर ७० रुपैयाँको तलब खुवाउने र ३० रुपैयाँ बजेटमा खर्च गर्ने होइन छुट्ट्याउने रहेछौँ ।’

यो ३० वर्षको मूल्यांकन गर्दा सांसद भएर एक अर्कालाई छेडखानी गर्नुको औचित्य नभएको उनले दोहोर्‍याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप