आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

औँला ठड्याउँदै रवि लामिछानेले भने– प्रधानमन्त्रीज्यू, म तपाईंको मुटु चेक गर्न चाहन्छु

बुधबार, १० जेठ २०८०, १३ : २१
बुधबार, १० जेठ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुटु कमाएजस्तो आभास भएको बताएका छन् । एकपछि अर्का गर्दै यो प्रकरणमा मुछिएकालाई बयान लिन समेत नबोलाइनु आपत्तिजनक रहेको लामिछानेको भनाइ छ । 

‘प्रधानमन्त्रीज्यू तपाईंले म मुटु कमाउँदिन भन्नुभएको थियो । अब म तपाईंको मुटु चके गर्न चाहन्छु । कुन अस्पतालमा चेक गर्ने हो भन्नुस्’, बुधवार संसदमा प्रधानमन्त्रीतर्फ औँलो ठड्याउँदै लामिछानेले भने, ‘ काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शङ्का छ । जस्ता जस्ता मान्छेको नाम क्रमशः आउँदै छ । एक पटक बयानका लागि नबोलाएर अविश्वासको वातावरण सिर्जना भएको छ ।’ 

राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्न समेत उनले सचेत गराए । तीन पार्टी बसेर यो विषय मिलाउन खासखुस गरिएको आरोप लगाउँदै  उनले यसमा आपत्ति जनाए । तर, त्यसको गन्ध ठासठुस आएको भन्दै लामिछानेले यसलाई रोक्न चुनौती दिए । उनले आफूलाई सञ्चारकर्मी हुँदा बयान दिन आउँछु भन्दाभन्दै बुट बजाएर न्यूजरुपबाट लैजाने काम भएको भएको स्मरण गर्दै अरुको हकमा किन यस्तो भएन भन्दै आक्रोश पोखे ।

उनले अपराध अनुसन्धानमा हाइप्रोफाइलले काम नगर्ने भन्दै फाइलको मात्रै काम हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप