आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार, ११ जेठ २०८०, ११ : १७
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासङ्घले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँ घटेको जनाएको छ । सुनको मूल्य हिजो पनि घटेको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँ कायम छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधवार यसको कारोबार १३ सय ६० रुपैयाँमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप