आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्रन्थ इलेक्ट्रिक भेहिकलको डिलरका लागि आवेदन आह्वान

बिहीबार, ११ जेठ २०८०, ११ : १९
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले उपत्यका बाहिरकालागि २ वटा डिलर दिने निर्णय गरेको छ । कम्पनीले एफडी मोर्टर्स ब्राण्डबाट डिलर दिने निर्णय गर्दै इच्छुक व्यक्ति, फर्म, कम्पनीबाट आवेदन आह्वान गरेको हो । 
कम्पनीले जारी गरेको विज्ञप्तिमा इभी जगतको क्षेत्रमा सहयात्रा गरी नेपालभर यसको उत्कृष्टतामा साथ दिन आह्वान गरिएको छ । 

कम्पनीले बजारमा नयाँ प्रविधि जडान गर्दै वैशाख २३ गतेदेखि उत्कृष्ट इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको थियो । स्कुटरमा मुख्य गरी ५ वटा बिषेशता रहेको छ । जसमा  साइड ड्राइभ मोटर,  यल यफ पी ब्याट्रि, क्यान बस कन्ट्रोलर,  ब्रेक रिजेनेरेशन र 
१६ इन्च अगाडि र १४ इन्च पछाडिको टायर रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप