आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीएमडब्लूको सेडान सिरिज – चालकको हेराइबाटै लेन परिवर्तन गर्न सकिने

बिहीबार, ११ जेठ २०८०, १६ : ३४
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । बीएमडब्लूले आज सार्वजनिक गरेको ५औं सिरिजको गाडी चालकले आँखाबाट आफ्नो लेन परिवर्तन गर्न सकिने दाबी गरिएको छ । जर्मनीको कार निर्माता बीएमडब्लूले आफ्ना पाँचौँ पुस्ताको कार ‘सेडान’को लेन परिवर्तन गर्न चालकको आँखाको हेराई नै काफी हुने बताएको हो ।

समाचार संस्था सीएनएनका अनुसार सेडान चालकले हाइवेमा स्टेरिङ नचलाएरै लेन परिवर्तन सक्छ । पछिल्लो समय विश्वभरका कार निर्माणले आफ्नो नयाँ उत्पादनमा विभिन्न प्रकारका सुविधा थप्दै आइरहेका छन् । जसमा बीएमडब्लूले आँखाको हेराइबाटै लेन क्रस गर्न मिल्ने सुविधा थपेको हो ।

स्वचालितरुपमा लेन परिवर्तन गर्न धेरै प्रकारका प्रणाली राखिएको छ । तर, सवारी चालकहरूले परिवर्तन सिग्नलको सल्लाहबमोजिम लेन परिवर्तन गर्न सक्ने बताइएको छ । यो गाडीको स्वचालित प्रणालीले लेन परिवर्तन भनेमा चालकले हेर्नसाथ परिवर्तन हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप