आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कस्तो रहनेछ आजको मौसम ?

शुक्रबार, १२ जेठ २०८०, ०५ : ५३
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । 

मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप