आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्याज काट्दा आँसु आउँछ ? यी ६ सजिला उपाय अपनाए आँखा पोल्ने छैन

शुक्रबार, १२ जेठ २०८०, १३ : ५७
शुक्रबार, १२ जेठ २०८०

खाना पकाउँदा प्याजको विशेष भूमिका हुन्छ । सलाद होस् वा तरकारी वा अन्य परिकार, प्याज बिना स्वाद अधुरो लाग्छ । त्यसैले त प्याज दिनहुँ नकाटी सुखै छैन । तर प्याज सबैले काट्न सक्दैनन् । प्याज काट्दा आँसु जो झर्छ । प्याजमा हुने एक प्रकारको इन्जाइमले आँखामा असर गर्ने गर्छ । यस्तोमा केही टिप्स अपनाएर तपाईं आँसु नबगाईकनै सजिलै प्याज काट्न सक्नुहुन्छ । यसबारे जानकारी लिऔँ ।

फेदतिर बाट काट्नुहोस् प्याज

प्याजलाई टुप्पो तिरबाट काट्दा यसको इन्जाइमले आँखामा बढी असर गर्छ । त्यसैले पनि बढी आँसु बग्न थाल्छ । त्यस कारण प्याजलाई सधैँ फेद तिरबाट काट्नुहोस् । यसरी प्याज काट्दा इन्जाइमको प्रभाव कम गर्न सकिन्छ ।

कागतीले मद्दत गर्नेछ

प्याज काट्दा आँसु नआओस् भन्ने चाहनुहुन्छ भने तपाईं कागतीको मद्दत लिन सक्नुहुन्छ । यसका लागि तपाईंले प्याज काट्नुभन्दा अघि चक्कुमा थोरै कागतीको रस लगाउनुहोस् । 

भिनेगर

प्याजबाट निस्कने इन्जाइमले तपाईंको आँखालाई असर नगरोस् भन्नका लागि तपाईंले भिनेगरको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईं प्याज काट्नु केही बेर अघि यसलाई भिनेगरमा डुबाएर राख्नुहोस् । यसो गर्दा प्याज काट्दा आँसु आउँदैन । 

सिट्ठी बजाउन सक्नुहुन्छ

प्याज काट्ने बेला सिट्ठी बजाउनु पनि एक उत्कृष्ट विकल्प हुनसक्छ । तपाईंले सोचिरहनुभएको होला – यस्तो पनि हुन्छ र ? यसको हामी कारण बताउँदै छौँ । सिट्ठी बजाउने बेला मुखबाट जुन हावा निस्कन्छ, त्यसले प्याजबाट निस्कने इन्जाइमलाई आँखाको नजिक आउन बाट रोक्छ । त्यसैले तपाईंको आँसु आउँदैन । 

प्याजलाई फ्रिजमा राख्नुहोस्

प्याज काट्नु केही बेर अघि यसको बोक्राहरू निकालेर फ्रिजमा केही बेरका लागि राख्नुहोस् । यसो गर्दा पनि प्याजमा भएको इन्जाइमको प्रभाव कम हुन्छ । जसका कारण प्याज काट्दा आँखा पिरो हुँदैन । 

दियो वा मैनबत्ती बाल्नुहोस्

प्याज काट्ने बेला आफ्नो अगाडि मैनबत्ती वा दियो बाल्नुहोस् । यसो गर्दा प्याजबाट निस्कने इन्जाइम तातोतिर आकर्षित हुन्छ र यसको असर आँखामा कम हुन्छ तसर्थ आँसु झर्दैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप