सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
झुल्के घाम हेर्न कान्छी जौँ अन्तु डाँडैमा...

झुल्के घाम हेर्न कान्छी जौँ अन्तु डाँडैमा...

शनिबार, १३ जेठ २०८०

काठमाडौँ । पूर्वी क्षेत्रको पर्यटकीय गन्तव्य इलाम भन्ने बित्तिकै धेरैको मनमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । मान्छेलाई लोभ्याउने चिया बगानसँगै इलाममा अन्य धेरै घुम्न लायक स्थानहरू छन् । त्यसमध्ये एक हो, इलामको सूर्योदय नगरपालिका ५ मा रहेको श्रीअन्तु डाँडा।

यो समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा अवस्थित छ।  यस क्षेत्रको पूर्वमा भारतको दार्जिलिङ, दक्षिणमा जिर्मले, पश्चिममा कन्याम र फिक्कल तथा उत्तरमा पशुपतिनगर पर्छन् । सूर्योदयको दृश्य हेर्ने स्थलका रूपमा प्रख्यात छ । असोजको अन्तिम हप्तादेखि पुसको दोस्रो हप्तासम्म यहाँबाट सबैभन्दा राम्रोसँग सूर्योदयको दृश्य देख्न सकिन्छ ।  श्रीअन्तु अन्तु डाँडाबाट सूर्योदय मात्र होइन, नेपाल र भारतका तराईका फाँट, भुटानका पहाडहरू, दार्जिलिङका बस्ती र कञ्चनजंगा हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

इलामको व्यावसायिक एवं नेपाल भारतको एक पूर्वी नाका बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ। यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम, सँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् । हेरौँ अन्तु डाँडा र वरिपरिको तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया