आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

आमाको आशिष

शनिबार, १३ जेठ २०८०, ०७ : ५०
शनिबार, १३ जेठ २०८०

जुनेली रातको जुनको जस्तै वात्सल्य तिम्रो छ,
बिहानी घामको किरण जस्तै प्रताप तिम्रै छ ।
यो संसारलाई सुम्पेर दियो मलाई जन्माई,
खोलेर मलाई हृदय दियो हुर्काई बढाई ।

त्यो तिम्रो कृपा असाध्यै पाए सिर्जना भर्नलाई,
ममता नित्य छातीमा बोकी धैर्यता छर्नलाई ।
प्रगतिपथ चुम्दछ तिम्रै मायाको प्रभावले, 
उराठ लाग्छ यो जीवन मेरो तिम्रो त्यो अभावले ।

ती जन्म दिने जननी बिना सृष्टि झन् चल्दैन
हिमाल जस्तो अडान तिम्रो क्यै मेरा निम्ति देऊ,
संसार हाँक्ने अठोट, साहस, तागत र शक्ति देऊ ।
सद्भाव पाऊँ, सद्ज्ञान  पाऊँ, सिर्जना कोर्नलाई
जाँगर नित्य म भित्र जागोस् पहाड फोर्नलाई ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शालिकराम घले
शालिकराम घले
लेखकबाट थप