आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरका सबै वडामा सरसफाइ

शनिबार, १३ जेठ २०८०, १२ : ०६
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरिएको छ । वडा नं १ को कमलपोखरी, २ को नारायणगोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, छ र ७ मा  सरसफाइ गरेको छ ।    

त्यसैगरी, वडा नं ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिसर, वडा नं ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइक गरिएको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

यस्तै महानगरको वडा नं १७ डल्लु पुल, १८ को कार्यालय परिसर, १९ को दमाईं टोल, २० को भीमसेन स्थान,  २१ को जैसीदेवल, २२ को टेबहाल, २३ को यङ्गाल, २४ को हनुमानढोका, २५ को असन डबली, २६ को सञ्चय कोष भवन अगाडि, २७ को असन, २८ को कमलादी गणेशस्थान, २९ को ढुङ्गेधारा,  ३० को वडा भवन अगाडि, ३१ को पुरानो वडा कार्यालय–भीमसेन गोला तथा वडा नं ३२ को कोटेश्वर चोक (प्रहरी वृत्त) मा सरसफाइ गरिने छ ।   

 ‘विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्ने लक्ष्य कामपाको छ ।  विसं २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप