आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुरकुरे, कुरमुरे र लेज आयातमा बाहिरियो ५४ करोड

शनिबार, १३ जेठ २०८०, १३ : ५७
शनिबार, १३ जेठ २०८०

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा विदेशबाट ५४ करोड ५३ लाख रुपैयाँको कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा उक्त मूल्यको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आयात भएको हो । यस अवधिमा १० लाख ५८ हजार किलोग्रा कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । यस्तै, आयातकर्ताले उक्त परिणामको जंक फूड आयात गरेबापत सरकारलाई ३३ करोड ७६ लाख रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

नेपालमा आउने यी वस्तु भारत, चीन, जापान, कोरिया, मलेसिया, मेक्सिको, साउदी अरेबिया र अमेरिकाबाट आउने गरेको छ । सबैभन्दा धेरै भारतबाट ३८ करोड ५१ लाख रुपैयाँको यी वस्तु भित्रिएको छ ।  यस्तै, मलेसियाबाट १३ करोड ८१ लाख, दक्षिण कोरियाबाट १८ लाख रुपैयाँको यस्ता वस्तु आयात भएको विभागले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप