आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काभा महिला भलिबल : श्रींलका पाँचौ स्थानमा

शनिबार, १३ जेठ २०८०, २० : ३८
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । कीर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रींलकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचौ स्थान हाँसिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न खेलमा श्रीलंकाले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौं स्थान हात पारेको हो ।

एक पक्षीय खेलमा श्रीलंकाले कीर्गिसतानलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै सातौं स्थान हात पारेको छ । शनिवार नै सम्पन्न खेलमा माल्दिभ्सले पहिलो सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दै सातौं स्थान हात पारेको हो । माल्दिभ्सले २१–२५, २५–१४, २५–२३ र २५–१५ ले हराउँदै सातौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको हो । बंगलादेश भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुङ्गाएको छ ।

प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आईतवार नेपाल र उज्वेकस्तानबीच प्रतिष्पर्धा हुनेछ । नेपाल र उज्वेकस्तानबीचको खेल बिहान ११ बजे शुरु हुनेछ । नेपाल दोस्रो सेमिफाइनल खेलमा काजस्कतानसँग ३–२ को सेटमा पराजित हुँदै बाहिरिएको थियो भने उज्वेकिस्तान भारतसँग पराजित भएको थियो । उज्वेकस्तान पहिलो सेमिफाइनल खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । उपाधिको लागि आईतवार नै भारत र काजस्तानबीच दिउँसो ४ बजे खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप