आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मैले घुस नखाँदा पापीहरू बौलाउन थाले : पर्यटनमन्त्री किराती

आइतबार, १४ जेठ २०८०, ०८ : ३६
आइतबार, १४ जेठ २०८०

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा विरोधीहरू सलबलाएको बताएका छन् । 

पशुपति विकास कोषको जग्गा अपचलन भएकाे भन्दै विभिन्न टीकाटिप्पणी भएपछि त्यसलाई लक्षित गर्दै उनले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन...'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप