आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारत भ्रमणबारे परामर्श लिन प्रधानमन्त्रीले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

आइतबार, १४ जेठ २०८०, ०८ : ४७
आइतबार, १४ जेठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दै छन् । सिंहदरबारमा आइतबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले त्यसका लागि पूर्वप्रधानमन्त्री, दल नेता र पूर्व परराष्ट्रमन्त्रीको बैठक बोलाएका हुन् ।

उनीहरुसँगको छलफल लगत्तै ३ः३० बजे प्रधानमन्त्रीले कुटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ । छलफलका लागि पूर्व परराष्ट्र सचीव, भारतका लागि पूर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइएको छ । प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने कार्यतालिका छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप