आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

इन्द्रजित राईद्वारा न्यायाधीशसमक्ष बयान दिन आनाकानी

आइतबार, १४ जेठ २०८०, १३ : २५
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार मध्येका एक इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् । उनले ‘स्वास्थ्य ठीक’ नभएको दाबी गर्दै बयान दिन आनाकानी गरेका हुन् ।  त्यसपछि उनी अदालतमै आफ्ना वकिलसँग छलफलमा जुटेका छन् । राईले स्वास्थ्य ठीक भएमा ‘टि–ब्रेक’ पछि आफूले बयान दिने बताएका छन् । 

यसअघि शुक्रबार  सागर राई र केशवप्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।  जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् । 

गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।  कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप