१० महिनामा २ करोड ८८ लाखले लिए स्वास्थ्य सेवा
आइतबार, १४ जेठ २०८०, १७ : ४२
काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म सरकारी र निजी स्वास्थ्य संस्थाबाट २ करोड ८८ लाख पटक सेवा लिएका छन् । ती स्वास्थ्य संस्थाबाट उनीहरूले अन्तरङ्ग ,बहिरङ्ग र आकस्मिक सेवा लिएका हुन् ।
आइतबार सार्वजनिक आर्थिक सर्वेक्षणमा कूल सेवामध्ये सबैभन्दा बढी ९२.४ प्रतिशत बहिरङ्ग सेवा लिएको उल्लेख गरिएको छ । त्यस्तै आकस्मिक ४.८ प्रतिशत र अन्तरङ्ग २.८ प्रतिशतले लिएका छन् ।